×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसीको ७० लाख कित्ता सेयर लिलामी भर्ने आज अन्तिम म्याद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनसीसीको ७० लाख कित्ता सेयर लिलामी भर्ने आज अन्तिम म्याद

Artha Sarokar

३० फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनसीसी बैंकको ७० लाख कित्ता संस्थापक सेयर लिलामीमा भर्ने बुधबार अन्तिम दिन हो । बुधबार बैकिङ कार्यालय समयभित्र आवेदकले लिलामी सेयर भरिसक्नुपर्नेछ । सुरुमा बैंकले माघ १८ गतेदेखि फागुन ३ गते सम्मको म्याद तोकेर लिलामी खुला गरे पनि निर्धारित समयमा सेयर बिक्री नभएपछि म्याद थप गरी बुधबारसम्म भर्ने व्यवस्था गरिएको हो । आवेदकले यही २१० रुपैयाँलाई आधार मानेर बोलकबोलका माध्यमबाट आवेदन दिनुपर्नेछ । व्यक्ति र कम्पनी दुवैले यसमा आवेदन दिन सक्नेछन् । 
बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल लिमिटेड बाटुलेघर डिल्लीबजार काठमाडौं पुग्ने गरी आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ । बोलपत्र चैत १ गते बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल लिमिटेड बाटुलेघर, डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे खोलिनेछ । हाल एनसीसी बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी