
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- एनसीसी बैंकविरुद्ध कम्पनी रजिष्ट्रारको कार्यालयमा मुद्दा परेको छ । एनबी समूहका सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठ र जीतबहादुर श्रेष्ठले एनसीसी बैंकको विशेष साधारणसभा माग गर्दै कार्यालयमा मुद्धा दर्ता गरेका छन् । दुइजनाले बुधबार दर्ता गराएको मुद्धामा एनसीसी बैंकको विशेष साधारणसभा गरेर बैंकको नयाँ सञ्चालक समिति गठन, पुँजी वृद्धि, तथा घोटाला प्रकरणमा जोडिएको एपेक्स डेभलपमेन्ट बैंकको कारोबार छुट्टै राख्ने मुद्दासहित साधारणसभाको माग गरिएको छ ।
एनसीसी बैंकको घोटाला छताछुल्ल भएको केहि समयपछ्ही सञ्चालकहरुले यस्तो मुद्धा दायर गरेका हुन् । उनीहरु एपेक्स बैंकको विरुद्धमा लागिनै रहेका थिए । अघिल्लो आर्थिक वर्ष एनबी समुहले नै एपेक्स बैंकको बदमासी बढेकाले बैंकको साधारणसभा रोक्न भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दर्ता गरेको थियो । कम्पनी रजिस्ट्रारको कार्यालयमा मात्र होइन उक्त समूहले एपेक्स बैंक मर्ज गरेको विषयमा असन्तुष्टी जनाउंदै एनसीसी बैंकविरुद्ध पाटन उच्च अदालतमा मुद्दासमेत दायर गरेको थियो । सोहि समय पाटन उच्च अदालतले एपेक्स र एनसीसी बैंकको खाता छुट्टै राख्न अन्तरिम आदेश दिएको थियो ।
चालू आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि बैंकले साधारणसभा गर्न सकेको छैन भने त्यसैगरी दोस्रो विषेश साधारणसभाबाट पुँजी वृद्धिका लागि हकप्रद शेयर निष्काशन गर्ने निर्णय एनबी समूहकै विरोधका कारण पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । केहि समय अघि एनसीसीसँग मर्ज भएको एपेक्स बैंकमा घोटाला भएको भन्दै सीआइबीले एपेक्स बैंकका तत्कालीन सञ्चालकहरुलाई पक्राउ गरेको थियो ।
स्मरण रहोस्, एपेक्स बैंकको घोटाला प्रकरणबारे अर्थ सरोकार डटकमले नेपाली मिडियामै पहिलो पटक समाचार ब्रेक गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्