×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्सुरेन्सको ५०% हकप्रद भर्ने बिहीबार अन्तिम मौका, यस्ता छन् आवेदन दिने ठाँउ

PRIME CA

नेको इन्सुरेन्सको ५०% हकप्रद भर्ने बिहीबार अन्तिम मौका, यस्ता छन् आवेदन दिने ठाँउ

१ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेको इन्सुरेन्सको ५०% हकप्रद भर्ने बिहीबार अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र हकप्रद भर्न सकिनेछ । कम्पनीले माघ २६ गतेदेखि २ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ३९ लाख २० हजार ९२८.११ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हाल नेकोको चुक्ता पुँजी ७८ करोड ४८ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि नेकोको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४०० रुपैयाँ पुग्नेछ । 
नेकोको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । त्यस्तै, आस्वा सेवा प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: