×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीइओ समिटको तयारी अन्तिम चरणमा, ठग व्यापारी विश्वाश ढकालसहित १० लिडर नोमिनेसनमा !

PRIME CA

सीइओ समिटको तयारी अन्तिम चरणमा, ठग व्यापारी विश्वाश ढकालसहित १० लिडर नोमिनेसनमा !

२८ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- नेपालमै पहिलो पटक आयोजना गरिएको नेपाल सिइओ सम्मेलनको तयारी करिब अन्तिम चरणमा पुगेको छ । नेपाल सिइओ समिट तथा अवार्ड २०१८ कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । अगामी फाल्गुण ३० गते काठमाडौँको होटल सोल्टीमा आयोजना गरिएको कार्यक्रमा नेपाल लगायत १७ देशका करिब ३ सय सहभागीहरुको सहभागीता हुने बताइएको छ । आयोजकले दिएको जानकारी अनुसार अहिले अवार्ड तथा बिदेशबाट आउने पाहुनाको ब्यवस्थापन र स्वागतका लागी तयारी चलिरहकोे छ । 
यता पपुलर सिइओ अफ दि इयरका लागि भोटिङ्ग कार्य चलिरहेको र भोटिङ्ग फाल्गुन ३० गते साँझ ६ बजेसम्म गर्न सकिने ब्यवस्था मिलाइएको र अनलाईन भोटिङ्ग ५० प्रतिशत तथा मोवाइल भोटिङ्ग ५० प्रतिशत गरि सर्वाधिक भोट पाउने ब्यक्तिलाई अवार्ड प्रदान गरिने पद्मा मिडिया ग्रुपका कार्यकारी निर्देशक डम्वर शाहुले जानकारी दिएका छन् । 
उक्त अवार्ड कार्यक्रममा क्यास अन एड नामक एप्लीकेसनमा जनताको करोडौं ठगेका ठग व्यापारी विश्वाश ढकालसहित अन्य १० नोमिनेशनमा परेका छन् । उक्त कार्यक्रमको पपुलर सीइओ अफ दी इयर अवार्डका लागि नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गदेखि उद्योगी ब्यवसायी उपेन्द्र महतो, अनिल साह लगायतपनि नोमिनेशनमा परेका छन् । यता ठग व्यापारी प्रतिष्ठित अवार्डमा कसरी परे ? भन्ने अर्थ सरोकारको जिज्ञासामा आयोजकले बाहिरी व्यक्तिहरुले पनि नोमिनेसनका लागि अप्लाई गर्न मिल्ने भएकाले विश्वास ढकालपनि उक्त नोमिनेसनमा परेको बताएका छन् । कार्यक्रम यहि मार्च १४ तारिखमा होटेल सोल्टीमा हुँदैछ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: