
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लि.ले वुटवल उपमहानरपालिका वडा नं. १३ बेलवासमा शाखा कार्यालय स्थापना गरी सोमबारदेखि बैंकिङ कारोबार शुरु गरेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकको यो १५औं शाखा हो । शाखाको वुटवल उपमहानरपालिका वडा नं. १३ का अध्यक्ष नारायण प्रसाद पूनले एक समारोहका बिच समुद्घाटन गरे ।
सो अवसरमा बोल्दै प्रमुख अतिथथि पूनले कम्युनिटीको आगमनले बेलवास क्षेत्रमा बैकिङ्ख सेवा प्रतिस्पर्धात्मक भई यहांका वासिन्दाहरुको लागि बैंकिङ्ग सेवा सहज र सरल हुने धारणा राखे । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भक्त बहादुर खड्काको सभापतित्व, शाखा प्रबन्धक बन्दना आचार्यको स्वागत मन्तब्य तथा अनुपालन विभाग प्रमुख कृष्ण प्रसाद पन्थीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा एमालेका वडाध्यक्ष शोभाखर पोख्रेल, नेकपा माओवादीका वडाध्यक्ष कल्पना थापा बस्नेत, वुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक मुकुन्द पोख्रेल, धरधनि गिरी राज पौडेल र औषधि व्यवसायी यम प्रसाद गैरेले शुभकामना मन्तव्य राखेका थिए ।
वुटवल उपमहानगरपालीकाको कालिकानगर र नवलपरासीको बेलाटारीमा थप २ वटा नयां शाखाहरु संचालन गर्न भौतिक पुर्वाधार निर्माण कार्य भैरहेको बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्