×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल दाना उद्योग संघमा नयाँ नेतृत्व

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल दाना उद्योग संघमा नयाँ नेतृत्व

Artha Sarokar

४ चैत्र २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल दाना उद्योग संघको १७औँ साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । यहि चैत्र २ गते होटल याक एण्ड यति होटलमा सम्पन्न कार्यक्रममा नयाँ नेतृत्व चयनको घोषणा गरिएको छ । उद्योग वाणिज्य तथाआपूर्ति मन्त्री मातृका यादवको प्रमुख आतिथ्य तथा नेपाल सरकारको विशिष्ट व्यक्तिहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयो ।
उक्त साधारण सभाले अध्यक्षमा रविन पुरीलाई निर्वाचित गरेको छ भने प्रथम उपाध्यक्ष शंकर प्रसाद कडेल, द्वितीय उपाध्यक्षमा प्रदिपकुमार रुङ्टा, तृतिय उपाध्यक्ष ज्ञानेन्द्र पराजुलि निर्विरोध निर्वाचित हुनु भएको छ । त्यसैगरी महा सचिवमा केशवराज थापा, कोषाध्यक्षमा उमेश चन्द्र सापकोटा र सचिवमा दुर्गाप्रसाद भण्डारी निर्वाचित हुनु भएको छ भने सदस्यहरुमा चन्दश्कान्त बराल, राजकुमार पराजुलि, ज्ञानेन्द्र प्रसाद उप्रेती, डा. दिनेस गौतम, मदन केशी, गोपालटण्डन, देवीप्रसाद गौतम, सुरेन्द्रराजप्रधान, विनोद पोखरेल र कविन्द्र प्रसाईं निर्वाचित हुनु भएको छ ।
२०४७ सालमा स्थापना भएको नेपाल दाना उद्योग संघ हाल देशभर पशुपंक्षीको दाना उत्पादन सम्बन्धि १०४ वटा कम्पनीहरु आवद्घ रहेका छन् । विगत २७ वर्षदेखी पशुपंक्षिको दाना उत्पादनमा आत्मनिर्भरता कायम गर्दै आएको उक्त उद्योगले करिब २ लाख नागरीकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै आएको छ भने कुल राजस्वमा उल्लेखनी ययोगदान पु¥याउँदै आएको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी