×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकै दिन नेपाल इन्भेष्टमेण्ट बैंकका दुई शाखा स्थानान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एकै दिन नेपाल इन्भेष्टमेण्ट बैंकका दुई शाखा स्थानान्तरण

१५ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले एकै दिन दुई वटा शाखा स्थानान्तरण गरेको छ । स्थानान्तरण गरिएका चनौली र दलदले शाखाको आज बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरे । बैंकले हाल ६६ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । 
नारायणगढ र पर्सामा रहेको तत्कालिन एस डेभलपमेण्ट बैंकको यी दुबै शाखालाई एनआईबिएलले प्राप्ति गरेपश्चात भरतपूर महानगर– २० चनौलीमा र देबचूली नगरपालिका– १४ दलदलेमा स्थानान्तरण गरेको हो । नारायणगढ र पर्सामा एनआईबिएलको पहिले नै शाखा रहेकाले ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै शाखाहरु स्थानान्तरण गरिएको हो । 
बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ । हाल प्रदेश नम्वर १ मा ८ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३१ वटा, प्रदेश नम्वर ४ मा ५ वटा, प्रदेश नम्वर ५ मा ८ वटा, प्रदेश नम्वर ६ मा ४ वटा र प्रदेश नम्वर ७ मा ४ वटा शाखा पुगेको छ । साथै बैंकले भविष्यमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।
चार वटा एक्स्टेन्सन काउन्टर तथा नौ वटा यातायात सम्बन्धी राजश्व संकलन केन्द्र खोलेको बैंकले आठ लाखभन्दा बढी उपभोक्तालाई ९८ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ६१ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ । निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी रु १०.६२ अर्ब रुपैयाँ रहेको यस बैंकको पुष मसान्तको वित्तिय विवरण अनुसार निक्षेप रु. १ सय ३० अर्ब रुपैयाँ तथा कूल कर्जा लगानी रु. १ सय १४ अर्ब रुपैयाँ पुगेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले ‘दि बैंकर’, फाइनान्सियल टाइम्स, लण्डनद्वारा दिइएको सम्मानजनक ‘बैंक अफ दि इयर’ उपाधि ५ पटक प्राप्त गरिसकेको छ भने इक्रा नेपालबाट ब् वर्गको रेटिङ पनि ५ वर्षदेखि लगातार हासिल गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी