
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चैत २८ गते नेपाल लाइफ इन्सुरेन्सको अठारौं वार्षिक साधारण सभा हुने भएको छ । सभामा नेपाल लाइफले ४२% बोनस सेयर र त्यसका साथै २८.५३% नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । नेपाल लाइफले १ अर्ब ३० करोड ५ लाख रुपैयाँ बोनस वितरण र ८८ करोड ३२ लाख ९७ हजार रुपैयाँ नगद लाभांशका लागि खर्च गर्नेछ ।
नेपाल लाइफले हाल कायम संस्थापक तथा साधारण सेयरधनीको शेयर स्वामित्व संरचनालाई परिर्वतन गर्ने अर्को विशेष प्रस्ताव पनि लैजाने भएको छ । जस अनुसार संस्थापक शेयरधनीको १०% हिस्सा सेयर साधारण सेयरमा परिणत गरिनेछ । हाल कम्पनीमा संस्थापकको ७०% र साधारण सेयरधनीको ३०% सेयर स्वामित्व रहेको छ । यसलाई परिर्वतन गरेर संस्थापकको ६०% र सर्वसाधारणको ४०% कायम गर्ने प्रस्ताव साधारण सभामा लगिदैने छ । सभा होटल भिष्वा, वीरगञ्जमा बिहान ९.३० बजेबाट सुरु हुनेछ ।
कम्पनीको अधिकृत पुँजी वृद्धि गरेर ८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि साधारण सभामा पेश गरिदैछ । सभामा २०७४ असार मसान्त सम्मको वासलत तथा २०७३–७४ को आयव्यय, नाफा नोक्सान र अन्य हिसाब सम्बन्धी सम्पूर्ण प्रस्ताव पनि पेश गरिनेछ । साधारण सभा गर्न नेपाल लाइफले चैत १४ गतेदेखि चैत २८ गतेसम्म बुक क्लोज गर्नेछ । चैत १३ गतेसम्म मात्र कायम सेयरधनीले बोनस र नगद लाभांश पाउनेछन् । हाल नेपाल लाइफको चुक्ता पुँजी ३ अर्ब ९ करोड ६४ लाख २८ हजार ६२५ रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्