×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमले गर्यो नयाँ सेवा प्रदान, अब ब्यालेन्स सकिए पनि फोन नकाटिने

PRIME CA

नेपाल टेलिकमले गर्यो नयाँ सेवा प्रदान, अब ब्यालेन्स सकिए पनि फोन नकाटिने

१६ चैत्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल टेलिकमले आफ्नो मोवाइल फोन सेवा लिइरहेका ग्राहकहरुलाई मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्याबाट मुक्त दिएको छ ।
नेपाल टेलिकमले शुक्रबारदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना नमस्ते प्रिपेड मोबाइलका ग्राहकहरुलाई यो सुविधा प्रदान गरेको हो । शुक्रबार टेलिकममा आयोजित एक कार्यक्रमकाबीच सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले ‘नमस्ते क्रेडिट सेवा’ योजनाको उदघाटन गरेर औपाचारिक रुपमा यो सेवा सुरु गरिएको हो ।
यस योजनाअन्तर्गत ग्राहकले ५ रूपैयाँदेखि ४० रूपैयाँसम्म सापटी ब्यालेन्स पाउनेछन् भने ब्यालेन्स सकिएपनि ढुक्कसँग आफ्नो कुरा पूरा गर्न सक्ने टेलिकमले जनाएको छ । ग्राहकले खर्च गरिसकेको ब्यालेन्स रकमका आधारमा ग्राहकलाई छुट्टाछुट्टै रकम बराबरको सापटी सेवा दिनेछ । ग्राहकले ब्यालेन्स सकिएपछि प्रयोग गरेको ‘टक टाइम’ बराबरको पैसा भने पछि रिचार्ज गरेपछि प्राप्त ‘ब्यालेन्स’बाट काटिने टेलिकमले जनाएको छ ।
त्यसनिम्ति नमस्ते क्रेडिट सेवा लिन प्रयोगकर्ताले आफूले कति रकम बराबरको सेवा लिन सकिन्छ भन्ने जानकारी आफ्नो मोबाइलमा स्टाटस (status) टाइप गरी १४७७ मा एसएमएएस पठाउनुपर्ने हुन्छ । सेवा स्वतः एक्टिभ हुने भएकाले यो लिन नचाहनेले स्टप(stop) टाइप गरी १४७७ मा एसएमएस पठाउन सक्ने छन् ।
उधारो ब्यालेन्सको सुविधामा ग्राहकपिच्छे फरक–फरक रकमको सीमा तोकिएको छ । साथै यो सुविधा टेलिकमको प्रिपेडमा मात्रै लागू हुनुका साथै नेटवर्कमा सीम ‘एक्टिभ’ भएको तीन महिना पुगेकाले मात्रै यो सेवा पाउने छन् ।
साथै सापटीबापत पाइने रकम डाटा र एसएमएसमा पनि प्रयोग गर्न सकिने कार्यक्रममा टेलिकमले जानकारी दिएको छ । यो सेवाबाट टेलिकमका धेरै उपभोक्ता लाभान्वित हुने विश्वास टेलिकमले लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: