Skip to content
LAXMI SUNRISE BANK

नेपालगञ्ज उपमहानगरपालिकालाई हिमालयन बैंकको वित्तीय सहयोग

अर्थ सरोकार

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका कार्यालयलाई एक लाख ५० हजार रुपैयाँ वित्तीय सहयोग प्रदान गरेको छ । बैंकले नगरमा फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि जडान लगायतका क्रियाकलापहरु प्रभावकारी बनाउने कार्यमा सहकार्यको वित्तीय सहयोग गरेको हो । 
बैंकको नेपालगञ्ज शाखा प्रबन्धक शैलेन्द्रमान श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धबलशम्शेर राणालाई सोमबार सहयोग रकम बराबरको चेक बैंक परिसरमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।
कार्यक्रममा आफ्नो संक्षिप्त प्रतिकृया व्यक्त गर्दै मेयर डा. राणाले नगर क्षेत्रको फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि जडान जस्ता कार्य सबै नगरबासीे तथा संघ संस्थाको साझा कार्यक्रम भएकोले सबैको सहकार्यको आव्हान गर्दै सहयोगको लागि हिमालयन बैंकलाई धन्यबाद व्यक्त गरे ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेल, प्रेस सल्लाहकार शुक्रऋषि चौलागाई, बैंकका अधिकृतहरु, जनमत अर्धसाप्ताहिकका सम्पादक एवं बरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल पत्रकार महासंघ बांकेका पूर्व अध्यक्ष रुद्र सुबेदी, नेपाल प्रेस युनियन बांकेका पूर्व अध्यक्ष नरेन्द्र थापा लगायतको उपस्थिति रहेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK