×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसीको धनवर्षा मुद्धती खाता पुनः सञ्चालनमा, १२ प्रतिशत ब्याज

PRIME CA

एनआइसीको धनवर्षा मुद्धती खाता पुनः सञ्चालनमा, १२ प्रतिशत ब्याज

२५ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – एनआईसी एशिया बैंकले निक्षेपकर्ताहरुबीच अत्यन्त लोकप्रिय रहेको ‘धनवर्षा मुद्धती खाता’ लाई पुनः सञ्चालनमा ल्याएको छ ।
१ बर्ष अवधिकोे मुद्धती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी गरिनेछ । मुलुकभरका विभिन्न स्थानहरुमा छरिएर रहेको १ सय ८० शाखा सञ्जालहरु मध्ये जुनसुकै शाखाबाट उक्त मुद्धती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जा समेत उपलब्ध गराउन सकिनेछ ।
त्यसैगरी, यसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको ‘समुन्नति प्लस बचत खाता’ ग्राहक महानुभावहरु माझ अत्यन्त लोकप्रिय रहि उत्साहप्रद रुपमा सञ्चालनमा रहिरहेको छ । ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशत का दरले ब्याज प्रदान गर्दै आईरहेको छ ।
मुलुकभर १ सय ८० शाखा कार्यालयहरु, १ सय ८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु एवम् प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५ हजारभन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरु सहित राष्ट्रकै सर्वाधिक बढि बैंकिङ सञ्जालन भएको बैंकको रुपमा एन आई सी एशिया बैंक स्थापित भैसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: