
काठमाडौँ – एनआईसी एशिया बैंकको नयाँ शाखा भिमफेदी गा.पा. वडा नं. ०६, भिमफेदी बजार, मकावनपुर स्थित भिमफेदी शाखाको शुक्रबार एक समारोहका बिच भिमफेदी गाँउपालिकाका अध्यक्ष श्री हिदम लामा ज्यूबाट विधिवत् समुद्घाटन सुसम्पन्न भयो ।
भिमफेदी शाखाको समुद्घाटन सँगै मुलुकभर १८१ शाखा कार्यालयहरु, १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु एवम् प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५००० भन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरु सहित राष्ट्रकै सर्वाधिक बढि बैंकिङ्ग सञ्जाल भएको बैंकको रुपमा एन आई सी एशिया बैंक स्थापित भैसकेको छ ।
साथै बैंकले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरु बिच अत्यन्त लोकप्रिय रहेको ‘धनवर्षा मुद्धती खाता’ र ‘समुन्नति प्लस बचत खाता’ उत्साहप्रद रुपमा सञ्चालनमा ल्याएको छ । १ बर्ष अवधिकोे धनवर्षा मुद्धती खातामा वार्षिक १२% का दरले मासिक रुपमा व्याज भुक्तानी गरिनुका साथै अन्य आकर्षक बिशेषताहरु छन र ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १०% का दरले ब्याज प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्