
झापा – नेकपा एमालेबाट स्थानीय चुनावमा निर्वाचित मेचीनगर नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष तिलक न्यौपाने पक्राउ परेका छन् । रक्सी खाएर कार्यालय गएका न्यौपानेले कार्यालय समयमा मदिरा खाएर तथानाम बोलेपछि स्थानीय जनताले प्रहरीलाई खबर गरेका थिए ।
साविकको बाहुनडाँगी गाविसको पूर्वउपाध्यक्ष समेत रहेका न्यौपानेले रक्सी खाएर सेवाग्राहीलाई सताउन थालेपछि प्रहरीलाई बुझाएका थिए । बुधवार जिल्ला समन्वय समितिकी सदस्य गंगा कार्कीसहित पुगेका स्थानीय व्यक्ति तथा वडा सदस्यहरुलाई समेत उनले मातेको सुरमा तथानाम बोलेका थिए ।
निर्वाचित भएपछि लगातार रुपमा रक्सी खाँदै आएका न्यौपानेलाई यस अघि पार्टीले धेरै पटक सम्झाउँदै आएको थियो । यो घटनाले मेचीनगर २ को पार्टी पङक्तिमा समेत ठूलो धक्का पुगेको छ । नेपाली काङ्ग्रेसका हिम्मत क्षेत्री र माओवादीका उत्तम सिठुङलाई हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका थिए ।
कार्यालय समयमा रक्सी खाएर जाने गरेका न्यौपानेको गतिविधिले कार्यालयका कर्मचारीलदाई समेत हैरान भएका छन् । उनीहरुले बारम्बार सम्झाउँदा पनि नटेरेको कर्मचारीहरु बताउँछन् ।
न्यौपाने सधै रक्सी खाएर कार्यालय जाने गरेका थिए । स्थानीयले प्रहरीलई खबर गरेपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी टंकप्रसाद भट्टराईको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । प्रहरी पुगेपछि उनले आफुलाई जनताले निर्वाचित गरेर जिम्मेवारी लिएकाले पक्रनु पर्ने कुनै कारण नभएको बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्