×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओम डेभलपमेन्ट बैंकले एकैदिन विस्तार गर्यो तीन शाखा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ओम डेभलपमेन्ट बैंकले एकैदिन विस्तार गर्यो तीन शाखा

Artha Sarokar

७ चैत्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ओम डेभलपमेन्ट बैंक लि.ले एकैदिन काठमाण्डौंमा ३ वटा नयाँ शाखाहरुको उद्धघाटन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले काठमाडौंको गोंगबु, बानेश्वर र ललितपूरको सातदोबाटो शाखाको फरक फरक कार्यक्रम बिच मंगलबार बिधिवत सुमद्धघाटन गरेका हुन् । कार्यक्रममा बैंकले सुमेरु सामुदायिक अस्पताल र मानव सेवा आश्रमलाई ह्विल चेयरहरु बितरण गरेको छ ।
कार्यक्रममा ललितपूर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले शुभकामना मन्तब्य राख्नुभएको थियो भने बैंकका अध्यक्ष सुशील कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बैंकका बिविध पक्षहरुको जानकारी गराएका थिए ।
बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ११ रहेको र ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको छ भने बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईराखेको छ । बैंकले ७५ हजार देखी ७५ करोडसम्म कर्जा लगानी गर्ने ब्यहोरा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी