×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओम डेभलपमेन्ट बैंकको शाखा रुपन्देहीको मणिग्राममा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ओम डेभलपमेन्ट बैंकको शाखा रुपन्देहीको मणिग्राममा

Artha Sarokar

१८ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ओम डेभलपमेन्ट बैंक लि.ले रुपन्देही जिल्लाकोे तिलोत्तमा नगरपालिका स्थित मणिग्राम शाखाको बिधिवत उद्घाटन गरेको छ । प्रमुख अतिथी तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरेज्यूले राममणि बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्दै शाखा तथा शाखाको एटिएमको उद्घाटन गरे ।
बैंकले माघ मसान्तसम्म १७ अर्ब ७१ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ११ रहेको र ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको छ भने बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईराखेको छ ।
बैंकले सेयरधनीहरुलाई १७.६९ प्रतिशत लाभांश बितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भईसकेको छ भने फाल्गुन २५ गते शुक्रबार, पोखरामा हुने बार्षिक साधारणसभाले प्रस्ताव पारित गरेपछि बितरण हुनेछ । हालसालै बैंकले जर्मनीको सरकारी विकास बैंक केएफडब्लु बैंकसंग साना तथा मझौला कर्जा अन्तर्गत २ लाख देखी ४० लाखसम्मको कर्जा लगानी गर्नको लागी सम्भौता गरी कर्जा लगानी शुरु गरिरहेको ब्यहोरा कार्यक्रममा बैंकका अध्यक्ष सुशील कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी गराउनु भएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी