×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुईदिने भ्रमणका लागि पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउँदै, भारतमा खैलाबैला

PRIME CA

दुईदिने भ्रमणका लागि पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउँदै, भारतमा खैलाबैला

२१ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी आज नेपाल आउने भएका छन् । प्रम अब्बासी दुईदिने भ्रमणको लागि आउने भएका हुन् । उनका साथमा ३० सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आउन लागेका हुन् ।
आफ्नै विशेष विमानबाट आज अपरान्ह सवा तीन बजे नेपाल आउन लागेका हुन् । पहिलो पटक प्रधानमन्त्रीको रुपमा आएका अब्बासीले २० घण्टा नेपालमा रहनेछन् ।
प्रधानमन्त्री अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गर्ने तयारी भइरहेको छ । पाकिस्तानी प्रधानमन्त्री विमानस्थलबाट सीधै ह्यात होटलमा जानेछन् ।
सैनिकमञ्च टुँडिखेल पाँच बजे आयोजना गर्न लागिएको सम्मान कार्यक्रममा प्रधानमन्त्री अब्बासी सहभागी हुनेछन् । नेपाली सेनाले उनको सम्मानमा ‘गार्ड अफ अनर’ प्रदान गर्नेछ ।
पूर्वनिर्धारित नभएर आकस्मिक जस्तै प्रधानमन्त्री अब्बासीको भ्रमणबारे भारतमा टिकाटिप्पणी भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: