Skip to content
LAXMI SUNRISE BANK

पाइरेसी प्रकरण : करोडौंको दावी परेपछि ‘कृ’ फिल्मका निर्माता सुवास गिरी पक्राउ, गीत चोरेको अभियोग !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- ‘कृ’ फिल्मका निर्माता सुवास गिरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको छ । ‘संझना’ फिल्मको गित पाईरेसी गरेको अभियोगमा गिरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।

सम्भु प्रधानले २०४३ सालमा निर्माण गरेको चलचित्र संझनामाको ‘उकालीमा अघिअघी ओरालीमा पछि पछि’ बोलको गित ‘कृ’ फिल्ममा समावेश गरिएको छ । उनले निर्माता विरुद्ध उजुरी गरेका थिए । उनले करोडौंको दावी गरेका छन् ।  
सो गीत बिना अनुमति प्रयोग गरेको अभियोगमा गिरीलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । ‘गिरीलाई प्रतिलिपी अधिकार ऐन २०५९ को दफा २५ अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान गर्ने प्रहरीले बताएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK