
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अाफूले भ्रष्टाचार नगर्ने प्रतिवद्धता जाहेर गरेका छन् । उनले वर्तमान सरकारको मुख्य ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नु रहेको बताउँदै देशलाई नै भ्रष्टाचारमुक्त बनाउने बताएका छन् ।
वीर अस्पतालको सर्जिकल भवनको शुक्रबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अाफूले भ्रष्टाचार गरेको नसहने बताउँदै भने, ‘मैले सुनेको छु, एउटा पुलको ११ पटक शिलान्यास भयो, अब यस्तो दिन समाप्त भयो, समयसीमाभित्र हरेक योजना तथा काम सम्पन्न गर्नैपर्छ, सीमाभित्र काम सम्पन्न नगर्नेमाथि कारबाही हुन्छ, अनुगमनमाथि अनुगमन हुन्छ ।’
सरकारी अस्पतालले भन्दा निजी अस्पतालले दिने सेवा राम्रो हुन्छ भन्ने आम जनमानसमा अाएको प्रधानमन्त्री ओलीले भने, ‘देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने, एउटा खुट्टा बिरामी छ अर्काेको उपचार गर्ने ? यो तहको चिकित्सा सेवाले कहाँ पुर्याउँछ ? यस प्रकारको हेलचक्रा्याईं दोहोरिन भएन, चिकित्सक र सिंगो चिकित्सा क्षेत्र गम्भीर बन्नुपर्यो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्