×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मलाई भ्रष्टाचार गरी मातहतका नजरमा गिर्नुछैन – प्रम ओली

PRIME CA

मलाई भ्रष्टाचार गरी मातहतका नजरमा गिर्नुछैन – प्रम ओली

१८ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफुपनि भ्रष्टाचार नगर्ने र अरुलाइ पनि भ्रष्टाचार गर्न नदिइ नेपाललाई भ्रष्टाचारमुक्त बनाउने दाबी गरेका छन् । उनले भने, ‘मैले बोलेको कुरामा फरक पर्‍यो भने सार्वजनिक रुपमा औला ठड्याएर च्यालेन्ज गर्नुस् ।’ मातहतको व्यक्तिको नजर नगिर्नु नै भ्रष्टाचार अन्त्य गर्ने सूत्र भएको प्रधानमन्त्रीले सुनाए ।

शुक्रबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अबको नेपाल स्वच्छ हुन्छ किनभने लिडरसिपलाई केही लिनु छैन । मातहतका नजरमा गिर्नुछैन ।’
‘म प्रधानमन्त्री छु, एक्लै घरमा बसेर भ्रष्ट हुन सकिदैन । कसैलाई लगाउनुपर्छ, ठेकेदार, कारोबारी कोही नमिलाई अथवा त्यसलाई मिलाउन मातहतको कसैलाई लगाउनुपर्छ’ उनले भने, ‘मातहतको मान्छेले चिन्छ, बाहिरबाहिर ठूलो कुरा गर्दोरहेछ, भित्र भ्रष्ट रहेछ । मातहतको मान्छेको नजरमा गिरेपछि म भ्रष्ट हुन्छु ।’
प्रधानमन्त्री ओलीले सरकारले ढिला नगरी आवश्यकता अनुसार शैक्षिक जनशक्ति उत्पादन गर्ने बताए । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा रहेको २३ आना जग्गा भित्र मनमोहन सेन्टर एनेक्स भवन निर्माण गर्न लागिएको हो ।
१९ महिनाभित्र सम्पन्न गरिसक्ने भवन तथा सहरी विकास विभागले जनाएको छ । भवन निर्माणका लागि सरकारले ३० करोड रुपैँया बजेट विनियोजन गरिसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: