
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मूख्यमन्त्रीसँग छलफल गर्ने छन् ।
मूख्यमन्त्री, प्रदेश प्रमुख र प्रमुख सचिवलाई छलफल गर्न र प्रदेश सरकार सञ्चालनमा उत्पन्न भएका समस्या, पूर्वाधार विकासको अवस्थालगायतका विषयमा जानकारी लिनको लागि उनीहरुलाई काठमाडौँ बोलाइएको हो ।
ऐन कानून र कर्मचारीसमेत नपाएर हैरानी ब्यहोरिरहेका मूख्य मन्त्रीहरुले आफ्ना समस्या राख्ने, खटाएका कर्मचारी काममा नजाँदा प्रदेश सञ्चानमा भएको कठीनाईको विषयमा छलफल गर्न सरोकारवाला मन्त्रालयका पदाधिकारीसमेतलाई बोलाइएको छ ।
प्रदेश सरकारले बनाउनु पर्ने कानूनबारे उत्पन्न अन्यौलको समाधान पनि छलफलबाट खोजिने छ । पहिलो पटक संघीय अभ्यासमा मुलुक गएकाले प्रदेश सरकारहरु आफैं सञ्चालन हुन समय लाग्ने केन्द्र सरकारको बुझाई रहेको बताइएको छ ।
तत्कालका लागि केन्द्रबाटै प्रदेश सरकारका लागि नमूना कानुन बनाएर पठाउनेदेखि, प्रदेशसभाबाट कानुन बनाउन सहजीकरणका लागि उनीहरुसँगको छफलमा सरकार जुतेको हो
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्