×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रम ओलीको यस्तो चाला ! शपथ जनताको नाममा, घाटीमा रुद्राक्षको माला

PRIME CA
GLOBAL IME BANK

प्रम ओलीको यस्तो चाला ! शपथ जनताको नाममा, घाटीमा रुद्राक्षको माला

२ चैत्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ खाँदा जनताको नाममा आएका थिए । कम्युनिस्ट नेता भएको कारण अध्यात्मवादलाई विश्वास नगरेरै जनताको नाममा शपथ खाए होलान् भन्ने धेरैको बुझाई थियो । तर, त्यो होइन रहेछ ।
नेपालमा पद तथा गोपनियताको शपथ इश्वारको नाममा खाने चलन अहिलेसम्म जारी छ । शपथ कागजमा ‘इश्वरको नाममा’ शपथ लेखिएको भएपनि थोरै कम्युनिस्ट नेताले मात्रै ‘जनताको नाममा’ उच्चारण गरेर शपथ खाने गरेका छन् । कम्युनिस्ट नेताहरुले भौतिकवादमा विश्वास गर्नुपर्ने हो तर साइत हेरेर डेरा सर्ने, बोका काट्नेदेखि भैसीको पूजा गर्दै आएको कुरा नयाँ होइन ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि जनताकै नाममा शपथ खाएका थिए । कम्युनिस्ट नेता भएकोले भौतिकवादमा विश्वास गर्नु स्वाभाविकै हो तर त्यो धेरै दिन टिक्न सकेन ।
शुक्रबार विहान हिन्दू धर्मप्रतिको आफ्नो लगाव देखाए । सरकारी निवासी बालुवाटारमा पुगेका विश्वहिन्दू महासंघका पदाधिकारीको हातबाट रुद्राक्षको माला लगाएर फोटो सेसन गरे ।
भारतीय राजदूत मन्जिव सिंह पुरीसहित पुगेका महासंघका पदाधिकारीले गोवर्धन मठ पुरिका संकराचार्य निश्चलानन्दको नेपाल भ्रमणबारे छलफल गर्न बालुवाटार पुगेको विश्व हिन्दू महासंघले आफ्नो फेसबुकमा लेखेको छ ।
भेटमा विश्व हिन्दू महासंघको अन्तर्राष्ट्रिय अध्यक्ष भरत केसर सिंह, उपाध्यक्ष प्रमोद चौरडिया, महासचिव अस्मिता भण्डारीसहितका धार्मिक नेताहरुले प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए ।
रुद्राक्षको माला लगाएको फोटो सार्वजनिक भएसँगै सामाजिक संजालमा प्रधानमन्त्रीको आलोचना भएको छ । सामाजिक संजाल प्रयोगकर्ताहरुले ओलीले देखावटीपनको पर्दाफास भएको बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: