
पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले थप दुई शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सले यही सोमवार देखि आधुनिक वित्तीय सुविधायुक्त आफ्नो ११ औं शाखा भैरहवा र १२ औं शाखा बेसीशहरमा सञ्चालनमा ल्याएको हो । निकट भविष्यमा नै चितवनको नारायणघाटमा समेत नयाँ शाखा सञ्चालनमा ल्याइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले जनाए ।
चुक्ता पृ्ंजी रु. ६५.५७ करोड रहेको यस वित्तीय संस्थाले २०७४ पौष मसान्त सम्ममा निक्षेप रु. ३ अर्व ९४ करोड ७७ लाख तथा कर्जा लगानी रु. ३ अर्व ७० करोड १७ लाख पुर्याउनुको साथै जगेडा कोषमा रु. ४१ करोड ७३ लाख रहेको छ । उक्त भैरहवा तथा बेशीसहर शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा तथा सिआश्वा लगायतका सम्पूर्ण आधुनिक बैकिङ्ग सेवा उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्