
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पक्राउ गर्ने सरकारको तयारी रहेको छ । प्रकाण्डलाई पक्रनको लागि प्रकाण्डको घरमा वारेन्ट टाँस्न गएका सरकारी कर्मचारीहरू लखेटिएका छन् ।
प्रकाण्डको नाममा पक्राउ पुर्जी लिएर कालिकोटको माल्कोटस्थित उनको घरमा पुगेका सरकारी कर्मचारीहरुलाई गाउँलेहरूले लखेटेका हुन् । बिहिबार दिउसो सरकारी कर्मचारीसहितको टोली माल्कोट पुगेको थियो । स्थानीय चुनावमा निर्वाचन टोली लखेटेका माल्कोटबासिले नेकपा नेता प्रकाण्डको घरमा पक्राउ पुर्जी टाँस्न उनीहरु पुगेको सूचना पाएपछि जम्मा भएका थिए ।
उनीहरुको सरकारी कर्मचारीहरुलाई प्रवक्ता प्रकाण्डको घरमा पुर्जी टाँस्न दिएनन् । यसअघि नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को घरमा समेत केपी ओली सरकारले पक्राउ पुर्जी टाँसेपछि उनका जिल्लाबासिहरु बिरोध प्रदर्शनमा नै उत्रिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्