
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)लाई इन्काउन्टर गर्नुपर्ने माग सरकारलाई राख्ने भन्दै केहि दिनअघि कुपन्डोलस्थित होटल हिमालयमा मुलुकभरिका ‘क’ र ‘ख’ वर्गका ठेकेदारहरूको गोप्य बैठक बसेको र त्यसको नेतृत्व माओवादीका पूर्वलडाकु एवं शैलुङ कन्स्ट्रक्सन कम्पनीका मालिक शारदा अधिकारीले गरेको समाचारको व्यवसायी अधिकारीले खण्डन गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले आपत्ति जनाएका छन् ।
ठुला ठुला ठेक्कापट्टामा नेकपाका कार्यकर्ताले गलत काम गर्न नदिएको, कमिसन मागेको लगायतका समस्याहरु उनले उक्त बैठकमा राखिएको र विप्लवलाई इन्काउन्टर गर्न समेत व्यवसायी अधिकारीले माग राखेको बारे खबर बाहिरिएको थियो । ठेकेदारहरुको गोप्य बैठकमा विप्लवलाई इन्काउन्टर गर्नेबारे छलफल भएको भन्दै नेकपा निकटकै एक ठेकेदारले आफ्नो पार्टीविरुद्ध षडयन्त्र भएको भन्दै खबर बाहिर ल्याएका थिए।
नेकपाका प्रवक्ता भन्छन्, ‘कोहि व्यवसायीसँग चन्दा उठाएका छैनौं’
यता नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले भने आफुहरुले कुनै व्यवसायीसँग पनि चन्दा नउठाएको दावी गरेका छन् । “विप्लव कार्यकर्तालाई मोटो रकम नबुझाएसम्म काम अघि बढ्न नसक्ने भएकोले इनकाउण्टरमा उत्रिन प्रचण्ड र ओलीसँग माग गर्ने आशयको समाचार प्रकाशित भएको मैले पनि थाहा पाएँ । तर यो गलत प्रचार हो । हामीले राज्यसत्ता र त्यसका अंगहरुलाई अस्वीकार गरेपनि कुनै पनि व्यवसायीसँग आतंक मच्चाएर कमिशन मागेका छैनौ । त्यो हाम्रो नीति पनि होइन । उनले आफ्नो पार्टीको बारे त्यस्तो चर्चा कतै भएको भए त्यो आफुहरु विरुद्धको षडयन्त्र भएको स्पष्ट पारेका छन् ।
व्यवसायी अधिकारीको खण्डन, ‘त्यस्तो कुरै भएको छैन’
यता व्यवसायी अधिकारीले पनि त्यस्तो कुनै चर्चा बैठकमा नभएको स्पष्ट पारेका छन् । “व्यवसायीबीच विप्लव माओवादीबाट चन्दा मागेको कुरा उठेको छैन । मैले दमनका लागि आग्रह गर्ने भन्ने कुरा त पूरै झुटो हो । म आफै सहीद परिवारबाट हुँ । मेरो नाम जोडेर आएको समाचारको यसको म जोडदार खण्डन गर्दछु । अहिले पार्टी एकता भइरहेको बेला ओली र प्रचण्डबीच फाटो हाल्ने र विगतमा एउटै आन्दोलनका सहयात्रीलाई एक अर्काका विरुद्ध उचाल्ने षडयन्त्रस्वरुप यस्तो भ्रम छरिएको छ ।’ उनले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्