
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रिमियर इन्सुरेन्सको १३.५२% बोनस सेयरमा भाउ समायोजन भएको छ । बोनस समायोजनपछि प्रिमियरको सेयर भाउ प्रतिकित्ता ८०६ रुपैयाँ कायम भएको छ । बिहीबार प्रिमियरको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । यो इन्सुरेन्सको औसत अधार मूल्य भने ८१६ रुपैयाँ छ ।
यो इन्सुरेन्सले चैत २६ गते बस्ने वार्षिक साधारण सभामा १३.५२% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव लैजाँदैछ । यसका लागि कम्पनीले बिहीबार (चैत ८ गते) देखि सभा हुने दिनसम्म बुक क्लोज गरेको हो । साधारण सभा नक्साल ब्यांक्वेट, नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको छ । प्रिमियरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्