
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी थालेका छन् । ओली यही महिना भारत भ्रमण गर्ने तयारीमा रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
चैत अन्तिम साता भारत भ्रमणमा जाने गरी तयारी भइरहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । अहिले मिति तय नभएपनि ओली भारत जाने निश्चित भएको छ । दुई देशको सहमतिमा छिट्टै मिति समेत घोषणा हुनेछ । भ्रमणका लागि प्रधामन्त्री ओलीलाई औपचारिक पत्रसमेत आइसकेको परराष्ट्र स्रोत बताउँछ।
एमाले अध्यक्ष ओली दोस्रो पटक प्रधानमन्त्री भए लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष दूतका रुपमा नेपाल पठाएका थिए । त्यसअघि ओली र मोदीबीच दुई पटक टेलिफोन वार्ता समेत भएको थियो ।
हाल भारतको भ्रमणमा रहेका उद्योग वाणिज्य मन्त्री मात्रिका यादव प्रधानमन्त्री ओलीको भ्रमणको वातावरण बनाउन भारत गएको बुझिएको छ।
अहिलेलाई भारतीय समकक्षी मोदीको आग्रहलाई टाल्न नसकेर ओली भारत जान लागेको कारण देखाईपनि वास्तविक अर्थमा भ्रमणको उदेश्य अर्कै भएको स्रोत बताउछ । माओवादीसँगको एकतालाई टुंगोमा नपुर्याईकनै ओली भारत हानिन थालेको भन्दै यता माओवादी केन्द्रभित्र खैलाबैला सुरु भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्