काठमाडौँ – प्रोग्रेशिभ फाइनान्स लिमिटेडको अध्यक्षमा श्री किशोर कुमार महर्जन नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले चैत १३ गतेदेखि लागू हुनेगरी उनलाई नियुक्त गरेको हो ।
चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष मुकुन्द प्रसाद दाहालको राजीनामा स्वीकृत गरेपछि महर्जनलाई नियुक्त गरेको हो । साथै, कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गरेका सिद्धिगोपाल मानन्धरको राजीनामा स्वीकृत गरेपछि महर्जनलाई सञ्चालक सदस्यमा नियुक्त गरेको थियो ।