blog-post_58- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – फागुन २८ गतेदेखि प्रुडेन्सियल इन्सुरेन्सको सर्वसाधारण समूहको १२ हजार ५०३ कित्ता सेयर लिलामीमा बिक्री खुला हुँदैछ । प्रुडेन्सियलले पुस १६ गतेदेखि माघ २१ गतेसम्म १ः०.३० अनुपातमा १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
उक्त सेयर तोकिएको समयभित्र आवश्यकता अनुसार नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले यो लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी आवेदन दिनुपर्नेछ । लिलामीमा आवेदन दिने अन्तिम म्याद भने चैत ५ गतेसम्म तोकिएको छ ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौं तथा प्रुडेन्सियल इन्सुरेन्सको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट यसमा आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँ रहेको छ । लिलामी सेयर बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले गत वर्षको नाफाबाट २०% बोनस सेयर र १.९५% नगद लाभांश दिने प्रस्ताव पारित गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्