×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रुडेन्सियलको सेयर लिलामी खुला, यहाँ जानुस् सेयर भर्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रुडेन्सियलको सेयर लिलामी खुला, यहाँ जानुस् सेयर भर्न

Artha Sarokar

२८ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रुडेन्सियल इन्सुरेन्सको सर्वसाधारण समूहको १२ हजार ५०३ कित्ता सेयर सोमबारदेखि लिलामीमा बिक्री खुला भएको छ । इन्सुरेन्सले पुस १६ गतेदेखि माघ २१ गतेसम्म १ः०.३० अनुपातमा १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । 
उक्त सेयर तोकिएको समयभित्र आवश्यकता अनुसार नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले यो लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी आवेदन दिनुपर्नेछ । लिलामीमा आवेदन दिने अन्तिम म्याद भने चैत ५ गतेसम्म तोकिएको छ । 
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौं तथा प्रुडेन्सियल इन्सुरेन्सको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट यसमा आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँ रहेको छ । लिलामी सेयर बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले गत वर्षको नाफाबाट २०% बोनस सेयर र १.९५% नगद लाभांश दिने प्रस्ताव पारित गरिसकेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी