×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उर्जामन्त्री पुन र भारतीय राजदूत पुरीको भेटमा भयो यस्तो सहमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

उर्जामन्त्री पुन र भारतीय राजदूत पुरीको भेटमा भयो यस्तो सहमति

१३ चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – भारतीय राजदूत मंजिवसिंह पुरीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसंग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरवारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ ।
भेटमा भारतीय राजदूत पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा अरुण तेस्रो परियोजना र पंचेश्वरलाई अघि बढाउने तयारीमा भारत रहेको जानकारी दिए ।
मन्त्री पुनले भारतीय राजदूतलाई भारतबाट आयात भइरहेको पावर ट्रेडिङको हकमा प्रतिस्पर्धा गराई सस्तोमा विद्युतआयात गर्न नेपाल ईच्छुक रहेकोे धारणा राखेका थिए । हाल नेपालले ४ सय मेगावाट बरावर भारतबाट विजुली आयात गरिरहेको छ ।
उनले वुटवल–गोरखपुर ४ सय केभि अन्तरदेशीय प्रशारण लाइन निर्माणमा नेपाललाई सहयोग गर्न पनि राजदूत पुरीसंग आग्रह गरेका थिए । भेटमा राजदूत पुरीले मन्त्री पुनको प्रस्तावप्रती भारत सरकार सकरात्मक भएको र मोडालिटीको बारेमा छलफल गर्नुपर्ने धारणा राखेका थिए ।
राजदूतसंगको भेटमा उर्जामन्त्री पुनले पंचेश्वर जलविद्युत आयोजना नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएको उर्जामन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी