
काठमाडौँ – पर्यटनमन्त्री रविन्द्र अधिकारीले ६ वटा विमान किन्ने योजना बनाएका छन् । आफ्नो १०० दिने कार्ययोजना शुक्रबार सार्वजनिक गर्दै मन्त्री अधिकारीले तीन महिनाभित्र विमान खरिद प्रक्रिया सुरु गर्न सैद्धान्तिक निर्णय गराउने बताए । आन्तरिक उडानलाई थप विस्तार गर्न नेपाल वायुसेवा निगमले विमान किन्नु पर्ने भएको उनले बताएका छन् ।
साथै हाल निगमसँग रहेको ८ विमानमध्ये ६ वटा विमान आन्तरिक उडानका लागि उपयुक्त रहेको भन्दै उनले अधिकतम क्षमताका साथ उडान गर्ने बताए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एटीसीमा देखिएका समस्या न्यूनिकरण गर्ने र कम्तिमा दैनिक २१ घण्टा सन्चालनमा ल्याउने योजनालाई मन्त्री अधिकारीले पहिलो प्राथमिकतामा राखेका छन् ।
डोमेस्टिक टर्मिनलमा पनि एसीको व्यवस्था मिलाउने कार्ययोजनामा उल्लेख छ । आन्तरिक उडानलाई स्थानान्तरण गर्न सम्भाव्यता अध्ययन भएको काभ्रेको ठूलीचौरका साथै अन्य सम्भाव्य स्थानबाट पनि सन्चालनको विकल्पहरु अध्ययन गर्ने उनको योजना छ ।
अन्तर्राष्ट्रिय आगमनका यात्रुहरुले बढीमा एक घण्टाभित्र ब्यागेज पाउने व्यवस्था मिलाउने र अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुहरुको सुविधाका लागि सेन्ट्रल एसी सिस्टम सन्चालनमा ल्याउने योजना पनि बनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्