
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह पार्टीको संसदीय दलको निर्वाचनमा पत्तासाफ भएको छ । दलको कार्यालय सिंहदरबारमा सोमबार भएको निर्वाचनमा पौडेल समूहबाट दलको नेतामा उम्मेदवारी दिएका प्रकाशमान सिंहलाई दोब्बरभन्दा बढी मत ल्याएर पार्टी सभपाति शेरबहादुर देउवा विजयी भएका छन् । प्रतिनिधिसभामा ६३ सदस्यमध्ये पौढेल समूहका उम्मेदवार सिंहले १९ मत मात्र ल्याएका थिए । दुई तिहाई वढी मत ल्याएर संसदीय दलको नेतामा देउवा निर्वाचित भएपछि पौडेल समूहमा सोमबार रुवावासी चलेको छ भने एउटा नेताले अर्कोलाई दोष लगाउने क्रम जारी छ ।
पौडेल समूहमा रहेका भनिएका उदयपुरबाट निर्वाचित सांसद डा. नारायण खड्काले सिंहलाई भोट नहालेको चर्चा कांग्रेस बृत्त मा चलेको छ । १० बर्षअघि देउवालाई छोडेर तत्कालिन संस्थापन पक्षमा आएका खड्काले सिंहलाई मत दिएनन्। सिंहलाई महामन्त्री डा. शशांक कोइरालाले समेत मत दिएनन् तर संसदीय दलको कार्यालय परिषरमा पौडेल समूहका नेता डा. मिनेन्द्रप्रसाद रिजालले भोट नदिएको भन्दै हल्ला फिजाइएको थियो ।
पार्टी भित्र र वाहिर संस्थापन पक्षसँग सँधै ४० प्रतिशत भाग खोज्दै आएका पौडेललाई संसदीय दलको यो चुनावले गम्भिर असर पर्ने अड्कलवाजी गरिएको छ । पौडेलको समूहलाई असयोग गर्न महामन्त्री डा.शशांक कोइरालाले भूमिका खेलेको भन्दै पौडेल समूहमा असन्तुष्टी चुलिएको छ । कोइरालालाई पार्टीको उत्तराधिकारीको रुपमा देउवाले अघि सार्दैछन कि भन्ने आशंकालाई समेत यो निर्वाचनले प्रमाणीत गरेको छ ।
महामन्त्री कोइरालाले आफूलाई सर्वसम्मत दलको नेतामा प्रस्ताव गरिए मात्र स्वीकार गर्ने नत्र सभापति देउसवासँग प्रतिष्पर्धा गरेर दलको नेता नबन्ने घोषणा नैं गरेका थिए । कुनै पनि गुटमा नलागी तठस्थ बसेका भनिएको रसुवाका सांसद मोहन आचार्य, दोलखाका दिव्यमणी राजभण्डारी र सत्यनारायण शर्माले समेत देउवालाई भोट हालेका थिए । – जनप्रहार साप्ताहिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्