Skip to content
LAXMI SUNRISE BANK

महिलाहरुलाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा रानीमहल होटलका सञ्चालक पक्राउ

अर्थ सरोकार

काठमाडौं – काठमाडौंको नयाँ बसपार्कस्थित न्यू पाल्पाली रानीमहल होटलका २ जना होटल सञ्चालक हेमन्त गैरे र सोनु राईलाई प्रहरीले पक्राउ गरेको छ । होटलमा काम गर्न राखेका महिलालाई जबरजस्ती यौनजन्य क्रियाकलापमा लगाएको भन्दै प्रहरीले सञ्चालकलाई पक्राउ गरेको हुन् ।
होटलमा काम गर्न राखेका महिलालाई जबरजस्ती यौन धन्दामा लगाएको भन्दै उनीहरूलाई मंगलबार पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ। पक्राउ परेका दुबै जनालाई मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा दायर गरेको समेत प्रहरीले जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK