
राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि आज मतदान हुँदैछ । संसद् भवन नयाँबानेश्वरमा उपाध्यक्ष चयनका लागि मतदान हुन लागेको हो ।
उपाध्यक्षमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी शशीकला दाहाल र नेपाली कांग्रेसका तर्फबाट वृन्दादेवी आले राना प्रतिस्पर्धामा छन् ।
राष्ट्रियसभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २/२ जना सांसद छन् । तीन जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका सदस्य छन् ।
शशीकला दाहाललाई बाम गठबन्धनको समर्थन भएकाले उनी राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचित हुने निश्चित जस्तै छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्