
काठमाडौ – राष्ट्रियसभा अध्यक्षको निर्वाचन ३० फागुनमा हुने भएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकले २९ गते मनोनयन दर्ता र ३० गते निर्वाचन गर्ने मिति तय गरेको छ । ९ सदस्यीय राष्ट्रियसभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति पनि गठन गरिएको छ । समितिमा एमालेबाट ३, कांग्रेसबाट २, माओबादीबाट २, फोरमबाट १ र राजपा १ जना सदस्य छन्।
समितिमा एमालेबाट गणेश तिमिल्सिना, परशुराम मेघी गुरुङ, दिल कुमारी रावल थापा रहेका छन् भने कांग्रेसबाट सुरेन्द्र पाण्डे र राधेश्याम अधिकारी रहेका छन्।
यस्तै माओवादीबाट दीनानाथ शर्मा र जीवन बुढा रहेका छन् भने फोरमबाट प्रमिला कुमारी र राजपाबाट वृषेशचन्द्र लाल यादव रहेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्