- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – रसुवागढी हाइड्रोपावर कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुलाई बिक्री खुला गरेको आइपीओमा आवेदन दिने समय अब सोमबारसहित ३ कार्यदिन मात्र बाँकी रहेको छ । कम्पनीले फाल्गुन ११ गते गते देखि फाल्गुन ३० गते सम्मको लागि आइपिओ निस्कासन गरेको छ ।
रसुवागढीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १ करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर बिक्री खुल्ला गरेको छ । रसुवागढीमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल र त्यसपछि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको २०७४ पुस २० गते सम्ममा थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीले हाल निष्कासन गर्न लागिएको सेयरमा आवेदन दिन सक्नेछन् ।
रसुवागढीको सिद्धार्थ क्यापिटल हो । लगनीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।