
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चैत १ गतेदेखि रिलायन्स फाइनान्सले ६ लाख ५२ हजार ९४०.६० कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको ५ लाख ४२ हजार ३१४.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख १० हजार ६२६.०८ कित्ता सेयर लिलामी गर्न लागेको हो । लिलामी सेयरमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र संस्थापकतर्फ न्यूनतम १००० कित्तादेखि अधिकतम सबै सेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं लगायत सनराइज बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट पनि लिलामी भर्न सक्ने व्यवस्था छ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्