- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चैत १ गतेदेखि रिलायन्स फाइनान्सले ६ लाख ५२ हजार ९४०.६० कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक समूहको ५ लाख ४२ हजार ३१४.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख १० हजार ६२६.०८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । यसमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र संस्थापकतर्फ न्यूनतम १००० कित्तादेखि अधिकतम सबै सेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंलगायत सनराइज बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट पनि लिलामी भर्न सक्ने व्यवस्था छ ।