×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामसुङको एस नाइन र एस नाइन प्लसको विक्री शुरू

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सामसुङको एस नाइन र एस नाइन प्लसको विक्री शुरू

१४ चैत्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सामसुङले एस नाइन र एस नाइन प्लस नेपालमा विक्री शुरू गरेको छ । यी दुई मोडल केही दिनअघि नेपालमा सार्वजनिक गरी प्री बूकिङ शुरू गरेको थियो । सामसुङ नेपालले गत शुक्रवार प्री बुकिङ गरेका ग्राकहलाई मोबाइलब हस्तान्तरण गरी यसको विक्री शुरू गरेरको हो ।
एस नाइनको मूल्य ९२ हजार ९ सय तथा एस नाइन प्लसको १ लाख ४ हजार ९ सय रुपैयाँ तोकिए पनि ५ हजार क्यासब्याक अफर सञ्चालन गरिने कम्पनीको भनाइ छ । क्यासब्याकपछि एस नाइनको मूल्य ८७ हजार ९ सय तथा एस नाइन प्लसको ९९ हजार ९ सय रुपैयाँ पर्ने बताइएको छ । दुवै फोन ६४ जीबी भेरिएण्टमा उपलब्ध हुनेछन् ।

एस नाइन

एस नाइन ५ दशमलव ८ इञ्चको सुपर एमोलेड स्क्रीनका साथ उपलब्ध छ । फोनमा एण्ड्रोइड ओरियोको अपरेटिङ सिष्टम, स्नापड्रागन ८४५ प्रयोग गरिएको छ । ३ हजार एमएच पावर क्षमताको ब्याट्री समावेश गरिएको फोनमा फाष्ट चार्जिङ सिष्टमसमेत रहेको कम्पनीको भनाइ छ ।
फोनको पछाडितर्फ एफर १.५ र एफर २.४ अपेचरसहित १२ मेगापिक्सलका दुईओटा क्यामरा छन् । यसमा सेल्फीका लागि एफर १.७ अपेचर लेन्ससहितको ८ मेगापिक्सेलको क्यामरा उपलब्ध छ ।

एस नाइन प्लस

एस नाइन प्लसमा ६ दशमलव २ इञ्चको स्क्रीन छ । फोनमा ६ जीबी ¥याम तथा ६४ जीबीको इण्टरनल स्टोरेज उपलब्ध हुने बताइएको छ ।
पछाडि एफर १.५ अपेचर लेन्सको १२ मेगापिक्सेल र एफर २.४ अपेचर लेन्सको १२ मेगापिक्सेल गरी दुईओटा क्यामरा रहेको फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा छ । यसमा एण्ड्रोइड ओरियोको अपरेटिङ सिष्टम र स्नापड्रागन ८४५ समावेश गरिएको छ । फोन पानी र धूलो प्रतिरोधात्मक रहेको कम्पनीको भनाइ छ ।
फाष्ट चार्जिङको सुविधासहित ३ हजार ५ सय एमएएच पावर क्षमताको ब्याट्री प्रयोग गरिएको फोन कालो, नीलो र पर्पल गरी तीन रङमा उपलब्ध हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी