×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीको सचिवालयमा ८ जना नियुक्त, कुन पदमा को ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्रीको सचिवालयमा ८ जना नियुक्त, कुन पदमा को ?

१४ चैत्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रधानमन्त्रीको सचिवालय जहाँ चार दर्जनभन्दा बढी सदस्य रहने गरेको ठाउँमा अहिले आकार घटाएर १९ मा झारेको छ । उक्त क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्म ८ जनालाई नियुक्ति दिएका छन् । प्रम ओलीले यसपाली  व्यक्तिको आचरण र पृष्ठभूमिसमेत बिचार गरेरमात्र सचिवालयमा सहयोगी नियुक्त गर्ने बताउँदै आएका छन् ।
प्रमुख स्वकीय सचिवमा अहिलेसम्म कसैले नियुक्ति पाएका छैनन् । स्वकीय सचिवमा भने राजेश बज्राचार्य नियुक्त भइसकेका छन् ।
प्रधानमन्त्रीले हालसम्म मन्त्रीस्तरको सुबिधा पाउने गरी एमाले पोलिटव्यूरो सदस्य बिष्णु रिमाललाई मुख्य सल्लाहकार नियुक्त गरेका छन् । रिमालले प्रधानमन्त्रीको तर्फबाट आवश्यक समन्वय गर्दै आएका छन् ।
त्यस्तै सोमवारमात्र मन्त्रिपरिषद बैठकबाट राज्यमन्त्री सरहको सुबिधा पाउने गरी अच्युत मैनालीलाई जनसम्पर्क सल्लाहकार नियुक्त गरेका छन् । एमालेका पूर्वकेन्द्रीय सदस्य मैनाली बारा १ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका हुन् । उनी नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति हुन् ।
त्यस्तै प्रेस सल्लाहकारमा रत्नराज्य लक्ष्मी क्याम्पस पत्रकारिता बिभागका प्रमुख डा. कुन्दन अर्याल नियुक्त भएका छन् । अर्याल बुधवार साप्ताहिकका पूर्वसम्पादक समेत हुन् भने नेपाल टेलिभिनजका पूर्वकार्यकारी अध्यक्ष पनि ।
प्रधानमन्त्रीको प्रेस संयोजकमा पत्रकार चेतन अधिकारी नियुक्त भएका छन् । उनी यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रेस संयोजक थिए भने ओली प्रधानमन्त्रीबाट हटेपछि पनि उनी नै सचिवालयमा प्रेस संयोजनको भूमिकामा थिए ।
अर्का पत्रकार रामशरण बजगाईंलाई सूचना सम्प्रेषकको नियु्क्ति दिइएको छ । त्यस्तै प्रधानमन्त्रीका कार्यक्रम तथा भेटघाटहरुको फोटो खिच्ने जिम्मासहित कृष्ण पौडेल नियुक्त भएका छन् । दिपेन्द्र दाहाल स्वकीय सचिवालयमा नियुक्त भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी