
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- भारतीय कलाकार सलमान खान नेपाल नआउने भएका छन् । नेपालमा उनी विरुद्ध विभिन्न चरणका कार्यक्रम हुन लागेको र उनको सुरक्षामा समेत ‘रिस्क’ भएको रिपोर्ट उनीसमक्ष पुगेपछी उनको नेपालको कार्यक्रम स्थगन हुन लागेको बुझिएको छ । विशेषगरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट सास्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघले कार्यक्रम रोक्ने चेतावनी दिएको रिपोर्ट पुगेपछि सलमान खानाले हालका लागि उक्त कार्यक्रम स्थगन गर्न लागेका हुन् ।
खान निकट स्रोत भन्छ, ‘नेपालको कार्यक्रम स्थगित हुन्छ, औपचारिक जानकारी केहि दिनमा’ :
यता सलमान खानको कार्यक्रम नहुने निश्चित भइसकेको सलमान खान निकट एक विश्वस्त स्रोतले बताएको छ । नेपालको कार्यक्रमबारे अनेकौं प्रचारबाजी भइरहेकाले हालका लागि कार्यक्रम स्थगन गर्न लागेको उक्त स्रोतको दावी छ । यता भारतीय संचार माध्यमहरुले सलमान खानलाई नेपाल नजान दवाव दिएका छन् । भारतका चर्चित मिडियाहरु हिन्दुस्तान टाइम्स, बम्बे टाइम्स, स्टार अफ वलिउड र न्युज वल्र्ड इण्डिया लगायतले खानलाई नेपाल नजान भन्दै समाचारलाई प्राथमिकतासाथ प्रकाशित गरेका छन् ।
नेपालको आयोजकको दावी : कार्यक्रम रोकिंदैन
यता नेपालका आयोजकहरुले भने कार्यक्रम नरोकिने र कार्यक्रम रोकिन लागेको भन्ने खबरहरु गलत भएको दावी गरेका छन् । बहुराष्ट्रिय वियर उत्पादक काल्सवर्गको ८० प्रतिशत लगानी रहेको गोरखा ब्रुअरीको मुख्य प्रायोजनमा सलमानलाई नेपाल ल्याउन लागेको हो । यसो त यता गोरखा ब्रुअरी कर छलीको काण्डमा पर्दै आएको छ । द वाङ टुर नेपाल कार्यक्रममार्फत रक्सीको प्रवद्र्धनको लागि नेपाल आउने र प्रतिव्यक्ति २० हजार रुपैयाँको टिकट मूल्य राखिएको छ ।
नेपाली कलाकारद्वारा बहिस्कार
सलमान खानलाई करोडौं रुपैयाँ तिरेर ल्याउन लागेको आयोजकले नेपाली कलाकारहरुलाई भने सित्तैमा नाच्न अफर गरेपछि नेपाली कलाकारहरुले उक्त कार्यक्रम बहिष्कार गरेका छन् । नायिका स्वस्तिमा खड्का लगायतले उक्त कार्यक्रम बहिष्कार गरेका छन् । सलमानको यो शो हेर्नका लागि ५० हजार दर्शक हुने अपेक्षा आयोजक ओडीसी गुप्रले गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्