
युएस बांग्ला एयरको विमान दुर्घटनाका २७ यात्रुहरुलाई उपचारका लागि भन्दै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज लगिए पनि ८ जनाको पहिल्यै ज्यान गइसकेको अस्पताल स्रोतले जानकारी दिएको छ। प्राप्त जानकारी अनुसार बंगलादेशबाट चालकदलका ४ सहित ७१ यात्रु लिएर काठमाडौँ आएको विमान अवतरणका क्रममा धावनमार्गबाट पर उछिट्टिएर आगलागीमा परेको थियो।
यता दुर्घटनामा पाटनका सनम शाक्य र आशिष रञ्जित भने विमानको शिशा फुटाएर बाँच्न सफल भएका छन् । सनम शाक्यका परिवार सदस्य राजीव शाक्यले दिएको जानकारी अनुसार उनलाई उपचारपछी घर फर्काउने तयारी भइरहेको छ । उनी बाँचेको खबर संगै उनका आफन्तहरु खुसी भएका छन् । उनी ट्राभल एजेन्सीमा काम गर्छन् ।
दुर्घटनाबारे आएको प्रारम्भिक जानकारी अनुसार विमानस्थलको टावरले युएस बंगला जहाजलाई दक्षिणबाट अवतरण गर्न अनुमति दिएपछि पाइलटले उत्तरबाट जहाज ल्याएका थिए । यहि कारण विमान दुर्घटना भएको थियो । दुर्घटनामा परी बिनोद राज पौडेल, बसन्त बोहोरा, सोनाम शाक्य र आसिश रंजित दुर्घटनामा परेका छन् । यी ४ को नाम बाहिर आएको छ । अन्य ३० जना नेपालीहरु पनि उक्त विमानमा थिए । आधा दर्जन बढी नेपालीको मृत्यु भएको खबर छ। जहाजका ७१ यात्रुमध्ये २८ जनाको मात्र उद्दार गरेर अस्पताल लगिएको पर्यटन सचिव कृष्ण देवकोटाले जानकारी दिएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्