
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालका घरभेटी शारदाप्रसाद अधिकारीको डोजरले एक युवतीलाई किँच्दा मृत्यु भएको छ ।
काठमाडौँको गुर्जुधारा बाटो निर्माणको क्रममा डोजरले २३ वर्षिय जुनु मल्ललाई किचेको हो । नागढुङ्गा कलंकी सडक निर्माण गर्ने ठेक्का पाएको शैलुङ कन्सट्रक्सन प्रा.ली.को डोजरले बाजुरा घर भएकीे मल्ललाई किचेको हो।
प्रत्यक्षदर्शीका अनुसार बैंकको एटिम बक्समा पैसा निकाल्न कारबाट झर्ने क्रममा उनलाई डोजरले किचेको हो । डोजरले ठक्कर दिएपछि उनको घटना स्थलमै निधन भएको थियो । जुनुको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
आफ्न्तहरुले डोजरले जानी-जानी हानेको भन्दै हत्या गरेको बताएका छन् । नागढुङ्गा–काठमाडौं सडक निर्माणको ठेक्का पाएको शैलुङ कन्सट्रक्सन प्रा.ली.को प्रमुख अधिकारी हुन् ।
यता प्रचण्ड निवास रहेको मुखलटारस्थति अधिकारिको घर जाने बाटो स्थानीयले अवरोध गरेका छन् । उनीहरुले प्रचण्डको सवारीले बाटोमा धुँवा-धुलो उडाएको भन्दै अवरोध गरेका हुन् । लाजिम्पाटबाट खुमलटार सर्ने बेला स्थानीसँग सडक तुरुन्त पिच गर्न दिएको अावश्वासन प्रचण्डले पूरा नभएको भन्दै स्थानीय सडकमै उत्रेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्