
काठमाडौं – नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरी अन्तर्गतको सबुज गणमा कार्यरत दुई नेपाली सैनिकको ब्यारेकभित्रै रहस्यमय मृत्यु भएकाे छ ।
नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीभित्र रहेको पोखरीमा दुई व्यक्ति मृत अवस्थामा देखिएपछि स्थानीयवासीले हल्लाखल्ला गरेका थिए । सेनाले पछि ती दुवै डुबेका व्यक्तिको शव पोखरीबाट निकालेर शव परीक्षणका लागि ल्याइएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।
मुत्यु हुनेमा अन्दाजी ३० वर्षका दोलखबहादुर चन्द र अर्का सोही उमेरका भरत विक रहेको खुले पनि आधिकारिक रुपमा पृतना मुख्यालयले भने यसको जानकारी दिएको छैन । मृतक दुवैको शव सोमबार राति नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको भने प्रतिष्ठानले खुलासा गरेको छ ।
नेपाली सेनामा कार्यरत ती दुवै व्यक्तिको के कस्तो कारणले ज्यान गएको हो भन्ने विषयमा आधिकारिक रुपमा जवाफ प्राप्त हुन सकेको छैन । साथै ती दुवै मृतक कहाँका हुन् भन्ने कुरा पनि बाहिर आउन सकेको छैन । सैनिक मुख्यालय मौन बसेपछि घटनाबारे बिभिन्न आशंकाहरु उब्जिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्