
सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको गोरखाको छेपेटारमा रहेको एक्सटेन्सन काउन्टरको शाखामा स्तरोन्नति गरिएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रा. डा. रविन्द्र प्रसाद श्रेष्ठ तथा सिरानचोक गाउँपालिका, गोरखाका प्रमुख एवं साविकको कसमस डेभलपमेन्ट बैंक लि.का पूर्व संचालक राजु गुरुङ्गले संयुक्त रुपमा मंगलबार स्तरोन्नति भएको उक्त शाखाको उद्घाटन गरे । उद्घाटन समारोहमा बैंकका ग्राहकहरु, सेयरधनीहरु तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।
त्यस्तै, बुधबार थकालीहरुको महान चाड तथा नयाँ वर्ष “तोरन्ल पर्व, २०७४” को अवसर पारेर बैंकले बालाजुको विनायकवस्तीमा एटिएम सेवा संचालनमा ल्याएको छ । मुस्ताङ्ग जिल्लाको तर्फबाट प्रतिनिधि सभाका सांसद माननीय प्रेम प्रसाद तुलाचन तथा यस विकास बैंकका संचालक समितिका अध्यक्ष प्रा. डा. रविन्द्र प्रसाद श्रेष्ठले बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, ग्राहक महानुभावहरु, शेयरधनी महानुभावहरु तथा शुभचिन्तकहरुको उपस्थितिमा ए.टी.एम. सेवाको विधिवत उद्घाटन गरे ।
निकट भविष्यमा नै संचालनमा आउन लागेको वनस्थली, काठमाण्डौ स्थित यस विकास बैंकको शाखा कार्यालयको अधिनमा रहने गरि शुरु गरिएको उक्त ए.टी.एम. यस बैंकका ग्राहकर्वगहरुलाई सेवा प्रदान गर्नका साथै थकाली सेवा समाज तथा त्यस क्षेत्रका वासिन्दाहरुलाई पर्ने वित्तीय सेवा ए.टी.एम. मार्फत पूरा गर्ने उद्देश्यले संचालनमा ल्याइएको हुँदा सोबाट त्यस क्षेत्रका सम्पूर्ण वासिन्दाहरु तथा बैंकका ग्राहक वर्गहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्