×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको १० दिने अभिमुखिकरण तालिम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सांग्रिला डेभलपमेन्ट बैंकको १० दिने अभिमुखिकरण तालिम सम्पन्न

Artha Sarokar

१ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सांग्रिला डेभलपमेन्ट बैंकले आफना कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालीम दिएको छ । नबनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनु भन्दा पहिले सामाजीकरण गराउने र बैंक सम्बन्धित कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने र सिकाउने उदेश्यले यो अभिमुखीकरण तालीम राखिएको बताइएको छ ।
तालिममा नबनियुक्त ५५ जना कर्मचारी सहभागी भएका थिए । उक्त तालीममा कम्युटर तालिम लगायत क्रेडीट, कस्टमर सिर्भीस, टेलर व्यावस्थापन, नक्कली नोट, सिग्नेचर भेरिफिकेसन् लगायतको बारेमा तालीम दिईएको नायव कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
१० दिने कार्यक्रमको समापन कार्यक्रममा बोल्दै बैंक प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले यस किसिमको तालिमले नबनियुक्त कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याउनुपर्ने बताए । 
संस्थाले कर्मचारीको बृत्ती बिकास तथा तालीमको लागि भबिष्यमा लर्नीङ्ग सेन्टरको बिकास गर्ने रणनीति सहीत कार्यक्रम गर्दै आएको नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । कार्यक्रममा सहभागी कर्मचारीहरुले तालिम निकै फलदायी भएको बताए । बैंकले छिट्टै देशका बिभिन्न स्थानमा २२ ओटा नयाँ शाखाहरु खोल्दै छ । नयाँ शाखाहरु संचालनपछि सस्थाको शाखा संजाल देशभर गरि ५८ ओटा पुग्ने बिभागिय प्रमुख निर्मल कुमार श्रेष्ठले बताए । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी