×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिलाको सेयर लिलामी आउँदै, यस्ता छन् भर्ने ठाउँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांग्रिलाको सेयर लिलामी आउँदै, यस्ता छन् भर्ने ठाउँ

१२ चैत्र २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चैत १३ गते सांग्रिला डेभलपमेन्ट बैंकले ९ लाख २ हजार ९९७.५० कित्ता सेयर लिलामीमा बिक्री खुला गर्दैछ । बैंकले संस्थापक समूहको ३ लाख ९२ हजार ७७२.५० कित्ता र सर्वसाधारण समूहको ५ लाख ९ हजार २२५ कित्ता गरि कुल ९ लाख २ हजार ९९७.५० कित्ता सेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्ने तयारी गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
आवेदन दिने अन्तिम म्याद चैत २० गतेसम्म हो । बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौं सहित शाखा कार्यालयहरु पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्ज, सुर्खेत, अत्तरिया र घोरही कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ ।
हाल सांग्रिलाको चुक्ता पुँजी १ अर्ब ३५ करोड ८४ लाख ७४ हजार ७५० रुपैयाँ रहेको छ । लिलामी सेयर बिक्रीपछि भने बैंकको चुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख ५४ हजार ६०० रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी