×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शान देखाउन ठूला घर बनाउनुको साटो उद्यममा लगानी गरौँ : मुख्यमन्त्री पोखरेल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शान देखाउन ठूला घर बनाउनुको साटो उद्यममा लगानी गरौँ : मुख्यमन्त्री पोखरेल

१३ चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बुटवल – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शान देखाउन ठूला घर बनाउनुको साटो उद्यममा लगानी गर्न आग्रह गरेका छन् । रुपन्देहीको मंगलापुरस्थित लुम्बिनी हेल्थ वाटर किङडमको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालमा पर्यटनका ठूला ठूला गफ मात्रै हुने गरेको तर पर्यटकीय पुर्वाधारमा पर्याप्त लगानी नभएको बताए ।
‘भाषणले मात्रै पर्यटन प्रवर्द्धन हुंदैन’ उनले भने, ‘पर्यटकलाई आवश्यक पर्ने पुर्वाधारहरुमा लगानी गर्नुस्, तब पर्यटनबाट लाभ लिन सकिन्छ ।’ लुम्बिनी र अन्य पर्यटकीय स्थलबारे भाषण धेरै समर्पण ज्यादै न्यून भएको मुख्यमन्त्री पोखरेलले टिप्पणी गरे । बुटवलको जितगढी किल्लालाई अन्तराष्ट्रियस्तरको पर्यटकीय स्थल बनाउन सकिने औंल्याउदै उनले शहरले छोपेर ओझेलमा पारिएको बताए ।
‘युरोप वा अन्यत्र हुन्थ्यो भने जितगढी जस्तो ठाउँले सिंगो शहरलाई समृद्ध बनाउन सक्थ्यो तर, हामीकहाँ आफैं ढाकिएको छ, लुकेको छ’ उनले भने । मुख्यमन्त्री पोखरेलले नेपालीहरुमा शान देखाउनकै लागि ठूला ठूला घर बनाउने र जिन्दगीभरको कमाई त्यसैमा खन्याउने गलत परम्परा रहेका बताए ।
‘शहरमा मात्र हैन, गाउँमा समेत ठूलाठूला घर बनाएर शान देखाउने परम्परा छ, नेपालीको यो बानीमा परिवर्तन नभएसम्म समृद्धि र विकास हुंदैन’ मुख्यमन्त्री पोखरेलले भने, ‘घरमा लगाउने लगानी उद्योग धन्दामा लगाउने सोंच बनाऔं, तब मात्र समृद्धि हासिल हुन्छ ।’
प्रदेश ५ र समग्र देशको दीर्घकालीन समृद्धिको आधार पर्यटन नै भएको मुख्यमन्त्री पोखरेलको जोड थियो । उनले राजनीतिक अधिकार प्राप्तिको लडाई सकिएको र विकास एवं समृद्धिको युग आएको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी