
काठमाडौं – दुई बर्षअघि कांग्रेस महाधिबेशनका बेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गुट ब्यवस्थापन गर्न पदाधिकारीको संख्या बढाउन प्रस्ताव गरे । तर त्यो प्रस्ताव शेरबहादुर देउवाले सुन्नै चाहेनन् । अहिले कांग्रेस सभापति देउवाले आफ्नो गुट ब्यवस्थापन गर्न पदाधिकारीको संख्या बढाउने प्रस्ताव गरेका छन् । तर पौडेल देउवाको प्रस्ताव स्वीकार गर्न तयार छैनन् । पदाधिकारी संख्या बढाउने देउवाको प्रस्तावलाई पौडेलले अस्वीकार गरिदिएका छन् ।
पार्टीको महाधिवेशन भएको दुई वर्ष बित्दासमेत कांग्रेसको केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । पदाधिकारीको संख्या थप गर्ने विषयमा नेताहरू पक्ष र विपक्षमा विभाजित हुन थालेका छन् । पदाधिकारीमा धेरै आकांक्षी भएपछि देउवाले केन्द्रीय समितिलाई पूर्णता दिन सकेका छैनन् ।
सभापति देउवा पार्टीलाई नयाँ संविधानअनुसार संघीय संरचनामा लैजान महासमिति बैठकमार्फत विधान संशोधन गरेर पदाधिकारी बढाउने पक्षमा छन्। तर, नेता पौडेल संविधानअनुसार पार्टीलाई संघीय संरचनामा लैजान तयार देखिए पनि पदाधिकारी थप्न राजी छैनन्।
देउवा पक्षबाट खुमबहादुर खड्का, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ उपसभापतिको आकांक्षी छन् भने पार्टी एकता गरेर आएका नेता विजयकुमार गच्छदारलाई पनि देउवा उपसभापति बनाउने पक्षमा छन्। महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, प्रकाशशरण महतले दावी गर्दै आएका छन्ु ।
पदाधिकारीका आकांक्षी धेरै भएपछि देउवाले पदाधिकारीको संख्या बढाउने प्रस्ताव गरे । सभापति देउवा प्रदेशको नेतृत्व गर्ने गरी सात उपसभापति वा सहमहामन्त्री बनाउने प्रस्ताव गरेका छन् । प्रदेशको नेतृत्व सहमहामन्त्रीलाई दिए उपसभापतिको संख्या तीन बनाउने र महामन्त्रीको संख्या दुईबाट बढाएर तीन पुयाउने आन्तरिक गृहकार्य चलिरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्