Skip to content
LAXMI SUNRISE BANK

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा चन्द्रौटामा

अर्थ सरोकार

शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडको ३३ औं शाखा कार्यालय कपिलबस्तु जिल्लाको चन्द्रौटामा शिवराज नगरपालिकाको उपमेयर शिव कुमारी थारुले समुद्घाटन गरेका छन् । यशोधन पाण्डेद्धारा सञ्चालन गरिएको शाखा उद्घाटन समारोहको अध्यक्षता बैंकका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा प्रमख कार्यकारी अधिकृत प्रकाश पौडेलले प्रदेश नंं. ५ का प्रत्येक जनताको घरमा सहज, विश्वसनीय र गुणस्तरिय बैकिंङ्ग सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । 
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त समुद्घाटन कार्यक्रममा बैकले ५ जना जेष्ठ नागरीकहरुलाई नगद र अभिनन्दन पत्रसहित सम्मान समेत गरेको जानकारी दिएको छ । साथमा राष्ट्रिय माध्यमिक बिद्यालयमा अध्ययनरत गरीव तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी ५ जना विद्यार्थीहरुलाई छात्रबृत्ती पनि प्रदान गरेको छ । 
चुक्ता पूँजी १ अर्व ३७ करोड रहेको यस बैंकले १२ अर्व ५२ करोड निक्षेप परिचालन गरि ११ अर्व २२ करोड कर्जा लगानी गरेको छ । शाखा संख्या ३३ र २ वटा एक्सटेन्सन कार्यालय रहेको यस बैंकले आवश्यकता र सम्भाव्यताका आधारमा सेवा विस्तार गर्दे जाने प्र्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।
बैंकले हाल रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क, प्यूठान जिल्लाकोे विजुवार र कपिलवस्तुको चन्दौटामा रहेका शाखा कार्यालयहरु मार्फत ३६५ दिन नै बैंकिङ्ग सेवा उपलब्ध गराउनेछ भने भबिष्यमा अन्य शाखा कार्यालयहरुवाट समेत उक्त सेवा आवश्यकताका आधारमा उपलब्ध गराउने जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK